उर्लाबारीः नेपाल तामाङ घेदुङ नगर समिति उर्लाबारीले सोनाम ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिन स्थानीय सरकारसँग माग गरेको छ ।

तामाङ समुदायको राष्ट्रिय महत्व बोकेको सोनम ल्होसारमा सबै समुदायको सहभागिताका लागि उर्लाबारी नगरपालिकासमक्ष एक दिन सार्वजनिक बिदा माग गरिएको नगर अध्यक्ष राजु लामाले जानकारी दिए । घेदुङले पत्रकार सम्मेलनको आयोजना गरी माघ २२ गते सोमबार उर्लाबारीमा स्थानीय सरकार, सामाजिक सङ्घ–संस्था, प्राज्ञिक समुदाय, व्यवसायी, उद्योगपति तथा आम नगरवासीबीच शुभकामना आदानप्रदान गर्ने बताएको छ ।

उर्लाबारी नगरमा तामाङ समुदायको जनसङ्ख्या १० हजारको हाराहारीमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषदका निवर्तमान अध्यक्ष महेन्द्रजंग तामाङले बताए ।