विराटनगरः प्रदेश १ संसदका प्रमुख प्रतिपक्षी दलका नेता राजिव काेइरालाले प्रदेश सरकार गम्भिर नभएकाे बताएका छन् । एक वर्ष खेर जान लागेकाे भन्दै जनताले साेचेअनुसार काम गर्न नसकेकाे अाजदेखि चालु हिउँदे अधिवेशनकाे सम्बाेधनमा बताएका हुन्र ।
काेइरालाले सरकार सँचालन एकलाैटीढंगले भएकाे भन्दै महत्वपुर्ण मुद्दामा कुनै छलफल नै नहुने गरेकाे गुनासाे गरे । प्रदेश स्तरीय याेजना अायाेग गठनबारे छलफल हुनुपर्ने भन्दै अधिकारकर्मीलाइ याेजना अायाेगकाे स्थानमा राखिनु ठिक नभएकाे तर्क गरे । के प्रदेश १ मा एक से एक विषय विज्ञ थिएनन ? उनले प्रश्ने गरे ।
सरकारले सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्ने कार्य ठिक भए पनि राहत वितरण गर्ने सवालमा विभेद गरेकाे बताए । कार्यकर्ता पाेस्नेमात्र काम भएकाे भन्दै वास्तविक पीडित सबैलाइ राहत नपुर्याएकाे गुनासाे अाफुलाइ अाएकाे सदनमा जानकारी गराए ।
प्रदेशकाे नाम र राजधानीकाे विषयमा नै सरकार अड्किएकाे भन्दै चाँडाे समस्या समाधानतर्फ लाग्ने र समृद्दिकाे यात्रा अघि बढ्न सरकारलाइ सुझाव दिए ।
काेइरालाले प्रमुख प्रतिपक्षि भएकाे नाताले अाफु र अाफ्नाे पाटि जनताकाे काम र विकासका सवालमा गम्भिर भए जस्तै सरकार पक्ष पनि गम्भिर भएर लाग्नु पर्ने तर्क गरे ।
उनले बहुमतकाे अहंकार याे सरकारमा देखिन नहुने भन्दै प्रदेशकाे हितकाे सवालमा सबै पक्षसँग छलफल, सहकार्य गरेर अघि बढ्न सरकारकाे ध्यानाकर्षण गराए ।