खोटाङः ५ बुँदे घोषणापत्र जारी गर्दै खोटाङको जालपामा आयोजना गरिएको आठौँ लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न भएको छ ।

घोषणापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटोकोसेरो तथा हुचिल संरक्षण गर्दै हुचिललाई वडा पंक्षी घोषणा गरिएको छ । हुचिललाई वडाको पंक्षीका रूपमा अनुमोदन गराउन नेपाल सरकारसँग अनुरोध गरिने घोषणापत्रमा उल्लेख छ । लाटोकोसेरो तथा हुचिल उत्सव प्रत्येक वर्षको फेबु्रअरीको पहिलो शुक्रबार र शनिबार जालपामा मनाउने जनाइएको छ ।

स्थानीय सरोकारवाला, जालपा माध्यमिक विद्यालय र ज्योति माविअन्तर्गत गठित क्लबको क्षमता अभिवृद्धि गर्दै प्रकृति संरक्षणमा सहभागी गराउने उल्लेख छ । उक्त वडालाई गुलेली निषेधित क्षेत्र घोषणा गरिएको छ ।