धरानः अमर सेवा समाज धरानले आफ्नो २२ औं वार्षिकोत्सव तथा ११ औं अधिवेशनको अवसर पारी विविध कार्यक्रम गर्ने भएको छ ।

समाजका अनुसार ३ दिनसम्म मनाइने वार्षिकोत्सवमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता फागुन २ गते हुने बताइएको छ । त्यस्तै, फागुन ३ गते खुला कविता वाचन र फागुन ४ गते नृत्य प्रतियोगिता हुने समाजले जनाएको छ ।

धरानको वडा नम्बर १३ भित्रका प्रतियोगीले मात्रै भाग लिन पाउने चित्रकलामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३ हजार, २ हजार र १ हजारका साथमा प्रमाणपत्र पाउनेछन् ।

अन्य प्रतियोगिताका प्रतियोगीले क्रमशः नगद ८ हजार, ५ हजार र ३ हजार रुपैयाँका साथमा प्रमाणपत्र पाउने समाजले जनाएको छ ।