इटहरीः केही दिन अगाडि विराटनगर विमानस्थलमा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्माको रिहाइको लागि इटहरीमा र्याली निकालिएको छ ।
अहिले ११ बजे विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले र्याली निकालेको हो । र्यालीले इटहरी बजार परिक्रमा गरिरहेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्षसमेत रहेका नरेन्द्र विश्वकर्माको रिहाई नभए थप आन्दोलन गर्ने अखिल क्रान्तिकारीले बताएको छ ।