इटहरीः ताप्लेजुङको आम्बेगुदिन–२ का राजकुमार इवारमका २ वर्षीय छोरा रायन लिम्बूको उपचारमा सहयोग गर्न क्वीक रेस्क्यु टिम सुनसरीले अनुरोध गरेको छ ।

उम्लिइरहेको दूधमा परेका बालकको उपचारको लागि सहयोेग जुटाउने क्रममा हालसम्म १६ हजार ५ सय ८६ रुपैयाँ सङ्कलन भएको क्वीक रेस्क्युका संस्थापक अध्यक्ष विक्रम येक्तेनले बताए ।

उनका अनुसार हालसम्म प्रीत लिम्बूबाट ५ हजार ५ सय ८६, भारतीय नागरिक अखोबाट ५ सय र निरमाया रसाइलीबाट ५ सय रुपैयाँ सङ्कलन भएको छ । त्यस्तै, अध्यक्ष येक्तेन आफूले १० हजार रुपैयाँ सहयोग गरेको उनले बताए । थप रकम जुटाउने काम भइरहेको उनको भनाइ छ ।