भोजपुरः यस वर्षको श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कार भोजपुरका २ जना पत्रकारलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भोजपुरको छैटौँ साधारण सभाले सिलिचुङ साप्ताहिकका प्रधान सम्पादक किरण राई र दि हिमालय टाइम्सका संवाददाता निरोज कोइरालालाई सम्मान गर्ने निर्णय गरेको हो ।

०७० सालमा स्थापित श्रेष्ठ मनमाया अमर पत्रकारिता अक्षयकोषबाट वार्षिक रूपमा प्रदान गरिने पुरस्कार गत वर्ष रोकिएका कारण यस वर्ष २ जना पत्रकारलाई पुरस्कृत गर्न लागिएको पत्रकार महासङ्घ भोजपुर शाखाले जनाएको छ ।