धनकुटाः नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सत्तारुढ नेकपालाई लोकतन्त्रको बाटोमा हिँडाउने जिम्मा नेपाली काङ्ग्रेसको भएको बताएका छन् ।

धनकुटामा मङ्गलबार पत्रकार भेटघाट कार्यक्रमा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन् । नेकपा अहिले पनि लोकतन्त्रको बाटोमा हिँड्न नसकेको भन्दै सो बाटोमा हिँडाउने जिम्मेवारी आफूहरूको रहेको उनले बताए । बहुमतको भरमा तानाशाही व्यवस्था ल्याउँछौ भन्नु सरकार र नेकपाका लागि घातक हुने समेत उनले बताए । संवैधानिक निकायमा नियुक्ति गर्दा कर्मचारीलाई आतङ्कित पार्ने गरेको उनले बताए ।

दुई तिहाइको सरकार भएकाले प्रमुख प्रतिपक्षलाई सोझै पेलिन्छ भन्ने जस्ता तानाशाही कुरा गर्नु नेकपा र सरकारकै लागि घातक हुने उनले बताए ।

फरक प्रसङ्गमा बोल्दै नेता सिटौलाले गाउँदेखि नै युवाहरू चुनावी प्रतिष्पर्धा गरेरै नेतृत्वमा चाहेको बताए ।