खोटाङः धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले खोटाङका एक युवाले साइकलयात्रा गर्ने तयारी गरेका छन् ।
हलेसी, वराहपोखरी, रुपाकोट, टेम्के, तुवाचुङ, मझुवागढी, भुलभुले, मैयूँलगायतका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यअनुसार साइकलयात्रामा निस्किने उनले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठ देशव्यापी साइकल यात्रा गर्ने तयारीमा रहेका हुन् । साइकल यात्राका लागि अहिले जिल्लाका १० स्थानीय तहमा रहेको धार्मिक तथा पर्यटकीयस्थलको अध्ययन भइरहेको उनले बताए ।
जन्तेढुङ्गा, धिप्लुङ झरना, इन्द्रेणीपोखरी, सोलढुङ्गा, भगवती मन्दिर, महुरेगढी, केपिलासगढी, सिंहदेवी, लौरेडाँडा, चिलिमढुङ्गा, बाहनेपोखरी, सिद्धेश्वर महादेवगुफालगायत धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि श्रेष्ठले ७७ वटै जिल्लामा साइकल यात्रा यही माघभित्रै शुरु गर्ने उनले बताए ।