इटहरीः प्रदेश १ प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारलाई आन्दालनको डोज नपुगेको बताएका छन् । प्रदेश पोर्टलसँग कुरा गर्दै उनले सरकार क्रियाशील बन्न नसकेको कारण प्रतिपक्षी आन्दालनमा उत्रीनु परेको बताए । फेरि पनि यही माघ २६ गते कांग्रेस कै भातृ संघ नेपाल महिला संघले आन्दोलन गर्ने चेतावनी दिए ।
देशैभरी बलात्कार, भ्रष्टाचार र असुरक्षा बढेको कारण कांग्रेस सडकमा आउनुपरेको कोइरालाको भनाई छ । प्रदेश सरकार आफै क्रियाशील बन्न नसकेको उनको बुझाई छ । ‘सरकारले एक्सन गरे पो प्रतिपक्षीले रियक्सन गर्नु ’ उनले भने, ‘यो प्रदेश देखि संघीय तहसम्म सरकार निकम्का जस्तो देखिएको छ ।’
संघीय सरकारले प्रदेशलाई साइजमा राख्ने प्रयत्नमा रहेको उनले बताए । प्रदेशनको नाम र राजधानीको बिषयमा भने उनले नियमावली बनाउने क्रममा गल्ती भएकोले त्यसलाई सच्याएर यही हिउँदे अधिवेशनमा टुङ्गो लगाउन सकिने जानकारी दिए ।
जातीयता र क्षेत्रीयताको आधारमा नाम र राजधानी टुङ्गो लगाउन नमिल्ने उनको बुझाई छ । यसले थप जटीलता बढाउने भन्दै सरकारलाई सचेत रहन कोइरालाले आग्रह गरेका छन् ।
प्रदेश आयोगको बिषयमा टिपणी गर्दैैै उनले विकास विज्ञलाई मनोनित गर्नुपर्नेमा सरकारले मनपरी नियुक्ति गरेको उनले आरोप लगाए । सरकार यस्तै स्वेच्छाचारि ढंगले अगाडी बढीरहेको कारण कांग्रेसले आन्दोलन गर्नु परेको बताए । २० गतेको प्रदेश सभाम आफुले बोलिसकेपछि सत्तारुढ दलका सांसदलाई बोल्न दिइएकोले संसदीय अभ्यासको खिल्ली उडाउने काम सभामुखबाट भन्दै उनले असन्तुष्टि व्यक्ति गरे । ‘सरकारले प्रतिपक्षीलाई खुम्च्याउने काम गरेको प्रष्ट छ, तर यस बारेमा कोही चुँइक्क बोलेनन् ।’ उनले भने ।
उता बिद्यार्थी भातृसंगठन नेबिसंघको बिषयमा भने लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीचको एकताका कारण समस्या परिरहेको बताए । यही फागुनभित्रमा नेबिसंघ सुनसरीको अधिवेशन हुने उनको भनाई छ ।