इटहरी: परमाणिक शक्तिबाट पनि उर्जा निकाल्ने बिषयलाई प्रदेश कानुनमा समेटिनु पर्ने प्रदेशसभामा बहस सुरु भएको छ । प्रदेश नम्बर १ मा बुधबार दर्ता भएको प्रदेश विधुत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैदान्तिक छलफल गर्ने क्रममा नेकपाका सांसद धिरेन शर्माले परमाणिक उर्जाको बिषयलाई पनि विधयेकमा समेट्नु पर्ने बताएका हुन् ।

बुधबार प्रदेश सरकारले संसदमा दर्ता गराएको बिधुत सम्बन्धि विधयेकमा जलविधुतको सवाललाइ मात्र जोड दिएको जनाउँदै आणविक शक्तिलाई पनि उर्जासम्बन्धी कानुनमा राख्नु पर्ने शर्माले बताएका थिए । 'उर्जा भनेर जलविधुतलाइ मात्र जोड विधयेकमा देखिन्छ' संसद शर्माले भने 'प्रस्तावना र अन्य बुँदामा पनि आणविक,सोलार कोइलालगायतका अन्य इन्धनलाइ समेत यसै विधयेकमा समेट्नु पर्दछ भन्ने मेर्रो धारणा हो।'

mid  page add.PNG 1

बहसको क्रममा कांग्रेस सांसद शिवनारायण गन्गाईले विधुत सम्बन्धी विधेयकको रुपमा ल्याए पनि यसले जलविधुतलाई मात्र समेटेकोले अन्य वैकल्पिक उर्जालाइ समेत जोड्नु पर्ने बताए ।

विधुतको गुणस्तरियतामा ठुलो ध्यान दिनु पर्ने बताउदै गन्गाईले भने,‘ प्रदेशबाट के कति विद्युत उत्पादन हुन्छ त्यसलाई कसरि गुणस्तरीय बनाउने,सुरक्षित कातिको छ भन्ने बिषयलाई पनि ध्यान दिनु पर्दछ ।'