भोजपुरः पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जीपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ ।

काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेको सो फाउण्डेशन शाखाको १ कार्यक्रमबीच उद्घाटन गरिएको हो । कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यका साथ समिति गठन गरिएको बताइन् । सो अवसरमा स्व. कोइरालाको फोटो प्रदर्शनीसमेत गरिएको थियो ।

नीरकुमार बिकको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । फाउण्डेशनको सहसंयोजकमा कर्ण मोक्तान, सचिवमा प्रमेश भारती, सहसचिवम अर्जुन बस्नेत, कोषाध्यक्षमा पुष्पलता कटवाल चयन भएका छन् । उनीहरूलाई प्रदेश संयोजक थापाले पदस्थापन गराएकी थिइन् ।