झापाः झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार बिहीबार स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् । ८ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।
प्रहरी नायब निरीक्षक राजन खड्काका अनुसार वन कार्यालयको निर्देशनमा सो अजिङ्गरलाई संरक्षणका लागि अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने भएको छ ।