विराटनगरः विराटनगर महानगरपालिकाका ७ जना वडाअध्यक्षले आफुलाई मेयर र उपमेयरले विभेद गरेको गुनासो गरेका छन् । बुधवार इलामको अन्तुमा कार्यक्रम भनेर पुर्याए पनि विहिवार इलाम सदरमुकाममा लगिएको, सँगै जाने भने पनि मेयर उपपमेयरले नजिकका अध्यक्षलाई मात्र चेपेको, वासका लागि विभेद गरेको जस्ता आरोप लगाइ कार्यक्रम बहिष्कार गरेर विराटनगर फर्किएका छन् ।

‘हेफर इन्टरनेशनल नेपालको सहकार्यमा हुने भनिएको कार्यक्रम विराटनगरको वधशालाबारे गोष्ठि गर्ने भनिएको थियो ।’ वडा नम्बर ५ का वडाअध्यक्ष मिन कुमार आचार्यले भने – ‘तर हामीलाई पहिल्यै लिइसकेको क्षमता विकासको तालिम पो दिइयो ।’

छुट्टै बसमा गएका वडाअध्यक्ष मध्ये वडा नम्बर २, ५, १२, १४, १७, १८ र १९ नम्बर वडाका अध्यक्षहरु महानगरको कार्यक्रम बहिष्कार गरेर फर्किएका हुन् ।

आजै कार्यक्रम सकेर इलामाबाट विराटनगर झर्दै गरेकी उपमेयर इन्दिरा कार्कीले भने मेयर र उपमेयरले कुनै विभेद नगरेको, बरु केहि वडाअध्यक्षले भने विहेलगाएतका कार्यक्रममा जानुपर्ने भन्दै हिँडेको जानकारी दिइन् ।