इटहरी / गत बिहीबार विराटनगर–१४ स्थित जतुुवामा स्थानीय ३२ घरले पाइपमार्फत् आएको बायोग्यासले खाना पकाउन शुरु गरे । सामुुदायिक स्तरबाट भएको यो बृहत प्रयास नेपालमा पहिलो र नौलो मानिएको छ ।
स्थानीय श्रीकृष्ण गौ सेवा सदन समितिले गौशालामा रहेका २०५ गाईको गोबरको सहयोगमा वैकल्पिक ऊर्जा निकाल्यो । समितिको वर्षदिन अघिको योजनाअनुरूप दातृसंस्थाको सहयोगमा सो कार्य सम्भव भएको थियो । उक्त खबर विभिन्न सञ्चारमाध्यममा आएपछि मोरङको सुन्दरहरैंचामा रहेको नयाँ वृन्दाबन गौशालाले पनि यो नवीन कार्य अवलम्बन गर्ने सोच बनायो । श्री राधेश्याम सेवा ट्रस्टद्वारा सञ्चालित गौशालाले नमुुनायोग्य कार्यलाइ अनुुशरण गर्नुुपर्ने बताएको छ ।
संस्थाका संस्थापक संरक्षक दीनबन्धुु शास्त्रीले विराटनगरको सो ग्यासप्लान्ट अवलोकन गरी सामुुदायस्तरमा सेवा प्रवाह गर्ने सोच बनाएको जानकारी दिएका छन् । ‘वैकल्पिक ऊर्जालाई व्यवहारमा उपयोग गर्न भइरहेको कार्य आत्मसात गर्नुुपर्ने देखियो’, शास्त्रीले पूर्वी बजारलाई भने, ‘सो ग्यास प्लान्टको स्थलगत अवलोकनपछि हाम्रो गौशालाले पनि यस्तो योजना बनाउने मनस्थिति बनाइसक्यो ।’
शास्त्रीले समितिका विभिन्न पदाधिकारी तथा सो क्षेत्रका अग्रजसँग सल्लाह गरिसकेको बताए । सबै क्षेत्रका व्यक्तिबाट सकारात्मक कुरा आएको हुँदा चाँडै योजना बनाएर अघि बढ्नेसमेत उनले जानकारी दिए । शास्त्रीले सुन्दरहरैँचा– ५ मा रहेको नयाँ वृन्दाबन गौशाला छेउमा करिब डेढ सय घरधुरी सुकुम्बासी परिवारको बसोबास रहेको बताए । आर्थिक रूपले कमजोर रहेको सो बस्तीलाई लक्षित गरेर ग्यास प्लान्ट जडान गर्ने र पाइपमार्फत् ती परिवारको भान्सामा ग्यास पु¥याउने सोच बनाएको उनले जानकारी दिए ।
विराटनगरको बायोग्यास विश्व बैंकको आर्थिक सहयोगमा सम्पन्न भएको हो । स्थानीय स्तरबाट सङ्कलन भएको केही आर्थिक जोहोले विश्व बैंकलाई सघाउ पुु¥याउन सम्भव भएको थियो ।
नयाँ वृन्दाबन गौशालामा पनि दातृ संस्थालाई गुहारेर योजनालाई साकार बनाउने लक्ष्य लिइएको छ । शास्त्रीले राम्रो काममा सबैले साथ दिने गरेको विगत सम्झिँदै आर्थिक रूपमा विपन्न भएका समुुदायको दैनिकी रूपान्तरण गर्न पनि आफू लागिपर्ने बताए । ‘राम्रो काम अरु जोकोहीबाट सिक्दा पनि फरक पर्दैन । हामी पनि विराटनगरको श्रीकृष्ण गौ सेवा सदनको बायोग्यास योजनाबाट प्रभावित भई सो कार्यलाई अविलम्ब मूर्त रूप दिने तयारीमा छौँ’ उनले भने ।