ताप्लेजुङः विगत ७ वर्षदेखि व्यावसायिक रूपमा च्याउखेती गर्दै आएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका रमेश राईले पहिलो पटक ससुरालीमा च्याउको स्वाद लिए ।

च्याउको स्वाद लिइसकेपछि उनी च्याउखेतीतर्फ आकर्षित भए । ‘तुरुन्तै च्याउखेती गरेँ’, उनले भने, ‘शुरुमा लगानी डुब्ला कि भन्ने चिन्ता थियो । तर, अहिले उपभोक्ताको मागअनुसार नपु¥याइएला कि भन्ने पीर छ ।’ राईले सदरमुकाम फुङलिङमा झण्डै ३ रोपनी जग्गा भाडामा लिएर च्याउखेती गरेको ७ वर्ष पूरा भयो । अहिले च्याउखेतीबाट नै मासिक लाखौँ रुपैयाँ बराबरको आम्दानी गर्न थालेको उनको भनाइ छ ।

‘महिनामा १ लाख रुपैयाँभन्दा बढीको आम्दानी हुन्छ । त्यही आम्दानीले परिवार पालेको छु । अरु ३ जनालाई रोजगारी पनि दिएको छु,’ राईले भने, ‘मिहिनेत गर्दा हुने रहेछ भन्ने प्रमाणित भएको छ ।’ ठाउँअनुसार मिहिनेत गर्न सके युवा विदेश पलायन हुनुपर्ने अवस्था नआउने राई बताउँछन् ।

‘पहिले मेरो आम्दानीको स्रोत केही थिएन, के गर्ने के नगर्ने भन्ने पिरलो थियो । तर, जब व्यावसायिक च्याउखेती गरेर मिहिनेतका साथ काम गरेँ । राम्रो आम्दानी लिन थालेको छु,’ राईले भने, ‘मालिक पनि आफँै, कामदार पनि आफँै, अनि कमाइ पनि आफ्नै भएपछि स्वदेशमै मिहिनेत गर्नुको मज्जा बेग्लै छ ।’ शुरुमा च्याउखेतीका लागि पूर्वाधार तयार गर्न निकै झण्झट भए पनि त्यसपछि भने समस्या नहुने पनि उनले सुनाए । उनले आधा दर्जन छाप्रा बनाएर पराले र सिताके च्याउ उत्पादन गर्दै आएका छन् ।

शुरुमा पराले च्याउमात्रै उत्पादन गर्दै आएका राईले उपभोक्ताको मागअनुसार पछिल्लो समयमा सिताके च्याउसमेत उत्पादन गर्न थालेका हुन् । आफूले उत्पादन गरेको च्याउ स्थानीय बजारदेखि झापा, धरान, काठमाडांैसम्म पुग्ने गरेको राईले बताए ।

Mid page add from magh 25

स्थानीय बजारमा पराले च्याउ प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँमा र सिताके च्याउ ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको राईको भनाइ छ । दैनिक १५÷२० किलोसम्म च्याउ टिपेर बजार पु¥याउने गरेको उनले बताए । पहिलेको तुलनामा आजकल च्याउका ग्राहकसमेत बढ्दै गएको उनको अनुभव छ । विभिन्न समयमा च्याउखेतीसम्बन्धी तालीम लिएर च्याउखेती गर्दै आएका राई अब च्याउखेतीसम्बन्धी परामर्श दिन पनि सक्षम भएको बताउँछन् ।

च्याउखेतीमा ठूलो सम्भावना देखेका उनले राज्यले च्याउखेती गर्ने किसानका लागि लगानी गरे च्याउखेतीको प्रवद्र्धनमा टेवा पुग्ने बताए । नेपालमा उत्पादित च्याउलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिने उनको भनाइ छ । पराले च्याउ उत्पादन गर्न परालकै प्रयोग गरिन्छ भने सिताके च्याउका लागि भने उत्तिस, कटुस लगायतका मुढा चाहिन्छ । सिताके च्याउ उत्पादन गर्न खर्च पनि बढी लाग्ने र समय समेत बढी लाग्ने भएकाले अन्य च्याउको तुलनामा महङ्गो पर्ने उनको भनाइ छ ।