इनरुवाः सरस्वती पूजालाई लक्षित गरेर इनरुवाका मूर्तिकारले हजाराँै मूर्ति निर्माण गरेका छन् । मूर्तिकारले २ हजारदेखि २२ हजार रुपैयाँसम्ममा मूर्ति बिक्री गर्ने गरेको बताएका छन् ।

मूर्तिकार राजकुमार यादवका अनुसार सुनसरीमा १० हजारको सङ्ख्यामा सरस्वतीको मूर्ति निर्माण र किनबेच भएको छ ।

मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको बताइन्छ । मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु २ लाख ५० हजारसम्म आम्दानी गर्ने बताए ।

saraswati murti inaruwa