बेलबारीः एसिया प्रशान्त (प्यासिफिक) शिखर सम्मेलनको विषयलाई लिएर प्रदेश सांसदहरूको जुहारी परेको छ । मंसिरमा भएको सम्मेलनको माघ अन्तिममा आएर दुई सांसदहरूबीच जुहारी परेको हो ।

सलकपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १३ औं साधारण सभामा मोरङका यी २ सांसदबीच एसिया प्रशान्त शिखर सम्मेलनको विषयलाई लिएर जुहारी चलेको छ । प्रदेश सांसद राजकुमार ओझा र लोकप्रसाद सङ्ग्रौलाबीच जुहारी चलेको हो ।

पहिलो पालो पाएर बोलेका प्रदेश सांसद सङ्ग्रौलाले सरकारको प्रधानमन्त्रीजस्तो व्यक्ति क्रिश्चियन धर्मको प्रचार गर्न दिनरात खटेको आरोप लगाए । सांसद सङ्ग्रौलाले धर्म निरपेक्ष राज्य भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली सो सम्मेलनमा गएकाले देशमा धार्मिक द्वन्द्वको खतरा रहेको बताए । उनले दुई तिहाईको सरकार हुँदाहँुदै पनि काम गर्न नसकेको समेत आरोप लगाए ।

Mid page add from magh 25

सङ्ग्रौलापछि बोलेका सांसद राजकुमार ओझाले प्रधानमन्त्रीको बचाउ गर्दै एसिया प्रशान्त शिखर सम्मेलनको गलत प्रचार गरिएको बताए । ४५ राष्ट्रका प्रमुख व्यक्तिहरू आएको ठाउँमा जानु गलत नभएको ओझाले बताए । ‘म पनि आफँै गएको छु’, उनले भने, ‘त्यहाँ हिन्दू, बौद्धलगायत अन्य धर्म मान्ने पनि आएका थिए ।’ विज्ञान, प्रविधि, सञ्चार तथा पर्यटनको क्षेत्रको समेत सम्मेलनमा कुरा उठेको उनले बताए ।