सुनसरीः राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण जगेर्नामा जिम्मेवार बन्नुपर्ने बताएकी छिन् । आज सुनसरीको चतरामा आयोजित तारकब्रह्म महायज्ञको उद्घाटन गर्दै भाण्डारीले पर्यावरण महत्वलाई बुझेर व्यवहार गर्नुपर्ने बताइन् ।

महायज्ञ कार्यक्रममा प्रदेश १ लाई हरित क्रान्ति अभियान सञ्चालन गर्ने उद्घोष पनि गरिएको थियो । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई आत्मनिर्भर बनाउने प्रयासमा लाग्ने भन्दै हरित प्रदेशको अवधारणाअनुसार योजना अघि बढाइने बताए ।

Mid page add from magh 25

वातावरण प्रदूषणलाई शुद्धीकरण गर्ने उद्देश्य राखेर चतराधाममा शनिबार श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन भएको हो । रामानन्द सेवापीठले आयोजना गरेको यो महायज्ञको धार्मिक दृष्टिले ठूलो महत्व रहेको बताइएको छ । यसअघि नेपालमा यस्तो प्रकृतिको महायज्ञ नभएको जानकार बताउँछन् ।

महायज्ञका लागि पीठ परिसरमा ११ तले १०८ प्रकारका हवनकुण्ड बनाइएको छ । उक्त हवनकुण्डमा १ हजार २ सय साधकले १६ करोड हवानाचार्यसहित १ अर्ब ६० करोड पटक ‘तारकब्रह्म मन्त्र’ जप गर्ने आयोजकले बताएको छ ।