इटहरीः १ सय ३७ स्थानीय तह भएको प्रदेश १ का ३ वटा स्थानीय तह अभिभावकविहीन भएका छन् । स्थानीय तहका अध्यक्ष वा प्रमुखको मृत्यु भएपछि स्थानीय तह अभिभावकविहीन भएका छन् । यसरी अभिभावकविहीन हुने स्थानीय तहहरूमा सुनसरीको धरान उपमहानगरपालिकादेखि भोजपुरको अरुण गाउँपालिका हुँदै आज अध्यक्ष गुमाएको फाल्गुनन्द गाउँपालिका रहेका छन् ।

२०७४ पुस ३० गते सङ्खुवासभाको मकालु गाउँपालिकाले अध्यक्ष खड्ग कटुवाल गुमायो । सवारी दुर्घटनामा गाउँपालिका अध्यक्ष कटुवालको मृत्युसँगै अहिले गाउँपालिकालाई कार्यवाहक अध्यक्ष चमेली याम्फू राईले नेतृत्व दिँदै आएकी छिन् ।

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधनपछि २०७५ साउन १ बाट धरान अभिभावकविहीन छ । काठमाडौंमा उपचारको क्रममा सुब्बाको मृत्यु भएसँगै हाल कार्यवाहक मेयरको रूपमा मञ्जु भण्डारीले धरानलाई नेतृत्व दिँदै आएकी छिन् ।

यस्तै, आज अभिभावक गुमाएको पाँथचरको फाल्गुनन्द गाउँपालिकालाई पनि कार्यवाहक अध्यक्षको रूपमा देवित्राकुमारी आङ्देम्बेले चलाउने भएकी छिन् ।

Mid page add from magh 25