झापाः जिल्ला कारागार झापामा शनिबार १ जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७ महेशपुरका २५ वर्षीय अनिल उराव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम ढकालले बताए ।
जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका उराव क्षयरोगका बिरामी थिए । बिरामले च्यापेपछि शुक्रबार साँझ उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको र उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।