झापाः झापाको दमक–७ स्थित वडा कार्यालयको आयोजनामा सञ्चालित विशेषज्ञ सेवासहितको २ दिने निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ४ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।

शुक्रबार र शनिबार दमकस्थित रेडक्रस भवनमा सञ्चालन गरिएको शिविरमा १ हजार ४ भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका वडाध्यक्ष भीम पौडेलले बताए ।

शिविरमा आँखाका ३ सय ६८ र दाँतका १ सय ४ बिरामीको उपचार गरिएको थियो । फिजिसियन सेवाका ४ सय १, स्त्री रोगका १ सय ९१ र हाडजोर्नीका १ सय ३८ जनाले सेवा लिएका थिए । त्यस्तै, छालासम्बन्धी १ सय , नाक–कान घाँटीका ४५ र बालरोगसम्बन्धी ५५ जनाले स्वास्थ्य परीक्षण गरेको पौडेलले बताए । दमकको लाइफलाइन अस्पताल, नेपाल रेडक्रस सोसाइटी र दमक अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको बताइएको छ ।