इटहरीः सुनसरीको इटहरीमा रहेको पाथीभरा एडभरटाइजिङ प्रा.लि ले आइतबार विविध कार्यक्रम गरी आफ्नो पाँचौँ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसर पारेर इटहरी–२ शान्तिनगरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री वितरण गरेको बताइएको छ । विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भटराईलाई ती सामग्री प्रदान गरिएको कार्यकारी प्रमुख पवन अधिकारीले जनाए ।

कम्पनीका तर्फबाट संस्थापक सल्लाहकार इन्द्रलाल अधिकारी, बोर्ड सदस्य गंगा गौतम अधिकारी तथा कार्यकारी प्रमुख पवन अधिकारीले संयुक्त रूपमा शैक्षिक सामग्री प्रदान गरेका थिए ।

सो अवसरमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाका वितरकहरूलाई समेत स्टेशनरी सामग्री प्रदान गरिएको थियो ।

कम्पनीले आइतबारबाटै जब लिंक प्रालि समेत सञ्चालनमा ल्याएको जनाएको छ ।