विज्ञापन भनेको चन्दा होइन लगानी हो भन्ने कुरा स्थापित भइसक्योः पवन अधिकारी

  • माघ २७, २०७५
  • २२४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः इटहरीमा मुख्य कार्यालय रहेर सञ्चालनमा आएको पाथीभरा एडभरटाइजिङ प्रालिले पाँचाँै वार्षिक उत्सव मनाएको छ । प्रालिका सञ्चालक पवन अधिकारीले पत्रकारितासँगै विज्ञापन एजेन्सीमार्फत् प्रवेश गरेको ५ वर्ष पुगेको छ । स्थानीयदेखि प्रादेशिक अनि राष्ट्रिय मिडियामा प्रदेश १ बाट सबैभन्दा धेरै विज्ञापन कारोबार गर्ने पाथीभरा एडभरटाइजिङको पाँचौं वर्षगाँठकै अवसरमा अधिकारीले नयाँ भेन्चर शुरु गरेका छन् ।

‘पाथीभरा जब लिंक’नामक रोजगारी खोज्ने र रोजगारी दिनेहरूको पुल बन्ने उद्देश्यले नयाँ भेन्चर शुरु गरेको अधिकारीले बताएका छन् । उनै अधिकारीसँग पाथीभरा एडभरटाइजिङको पाँचौँ वर्षगाँठ, नेपाली विज्ञापन बजारमा प्रदेश १, क्लिन फिड अनि जब लिंकको नयाँ भेन्चरको बारेमा गरेको कुराकानीको सारांशः

पाथीभरा एडभरटाइजिङ स्थापनाको ५ वर्षमा प्रदेश १ मा के परिवर्तन भयो ?
पाथीभरा एडभरटाइजिङ स्थापनाको ५ वर्षमा हामीले सरकारी, गैर सरकारी संस्थादेखि कर्पोरेट संस्थाहरूसँग व्यावसायिक सम्बन्ध बनाएका छौँ । र, विज्ञापन गर्नु भनेको चन्दा दिनु होइन, आफ्नो व्यवसायको प्रवद्र्धन गर्नु हो भन्ने बुझाउन सफल भएका छौँ ।
स्थानीयदेखि राष्ट्रिय मिडियासम्ममा विज्ञापनको बजार छ है भन्ने छाप पार्न पनि हामी सफल भयौँ । विज्ञापन बजारको विकास र व्यवसायीकरण गर्नमा यीे ५ वर्ष महत्वपूर्ण रहे भन्ने लाग्छ ।

Mid page add from magh 25

स्थापनाको छोटो समयमै यो एडभरटाइजिङ लिडिङ विज्ञापन एजेन्सी बन्यो । प्रदेश १ का मात्रै होइन अन्य विभिन्न स्थानबाट आएका विज्ञापन पनि पाथीभरासँगै ठोक्किएका छन् । यो सबै कसरी सम्भव भयो ?
सबैभन्दा महत्वपूर्ण आफ्नो संस्थाप्रतिको लगाव र लगानी हो । मेरो एक दशक हाराहारीको पत्रकारितायात्रामा धेरै पत्रकार, पत्रपत्रिका, मिडियादेखि समाजमा सम्बन्ध थियो । अरु पनि प्रदेश १ मा राम्रा विज्ञापन एजेन्सी छन् । तर, अलिक धेरै चिनिएको र अग्रणी भने पाथीभरा नै हो भन्ने कुरा धेरैले भनेका छन् ।

तपाईंले राजधानीबाहिर विज्ञापन एजेन्सी खोल्नुभयो । सबै मिडियाहरू राजधानी केन्द्रित हुँदा कत्तिको समस्या आएका छन् ?
केही समय अगाडि विज्ञापन एजेन्सीका केन्द्रीय पदाधिकारी विराटनगर आउँदा मैले प्रदेश १ मा विज्ञापन सङ्घमा दर्ता नभएका थुप्रै एजेन्सी छन् । दर्ता गरौँ भने । उहाँहरूले किन आफ्नै घरमा आगो लाउने ? त्यो नगरौँ भन्नुभएको थियो । राजधानीबाहिरकालाई यसरी स्थान नदिने देखिएको छ । तर, म भन्छु हरेक सक्षम पत्रकारको विज्ञापन एजेन्सी हुनुपर्छ । हामी व्यावसायिक हुनुपर्छ । सरकारलाई राजस्व तिरेर काम गर्नुपर्छ भन्ने लाग्छ ।

नेपाली विज्ञापन बजारका क्लिन फिडको कुरा आयो तर लागू भएको छैन । यसबारेमा के भनाइ छ तपाईंको ?
क्लिन फिडको अवधारणा हालका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रीय सरकारको सञ्चारमन्त्री हुँदा ल्याएको योजना हो । हालका सङ्घीय सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि जसरी पनि क्लिन फिड लागू गर्ने कुरा गर्नुभएको छ । तर, आजसम्म लागू भएको छैन । लागू हुनुपर्छ । यसले नेपाली विज्ञापन बजार बलियो बनाउनेछ ।

आज भारतको गुजरातको उत्पादनको विज्ञापन नेपाली बजारमा सहजै हुने तर नेपाली उत्पादनको चाहिँ नहुनुमा यही क्लिन फिड लागू नभएर हो । त्यसैले अब क्लिन फिड लागु हुनुपर्छ । यो सबैको हितमा छ ।

एडभरटाइजिङ स्थापना भएको पाँचौं वर्षमा जब लिंकको स्थापना गर्नुभएको छ । विज्ञापन बजारमा भर नभएर यस्तो विकल्प ल्याउनुभएको हो ?
त्यस्तो होइन । म विज्ञापनमा अझै विकास र विस्तार गर्ने पक्षमा छु । जब लिंकचाहिँ बजारमा आवश्यक दक्ष जनशक्तिलाई आवश्यक क्षेत्रमा लैजान ल्याएको भेन्चर हो । जागिर चाहनेहरूले आफ्नो बायोडाटा हामीलाई दिनुहुन्छ ।

हामी निःशुल्क फारम र बायोडाटा लिन्छौँ । रोजगारदातासम्म जागिर गर्न चाहने पुगेपछि हामी केही सेवा शुल्क लिन्छौँ । सरकारलाई राजस्व तिर्छाैँ । यस्तो जब लिंक हुनुअगाडि नै मैले गत वर्ष ६० जना हाराहारीलाई व्यक्तिगत रूपमा विभिन्न ठाउँमा जागिर लगाउन सहयोग गरेको थिएँ । अब भने व्यावसायिक र व्यवस्थित रूपमा पाथीभरा जब लिंकमार्फत् यो काम शुरु गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस

रिजालटासीकाे जमिनदार ...

धरानः रिजालटासी उद्याेगले मापदण्ड मिचेर पर्खाल लगाउँदा सम्म नियमनकारी निकाय चुपचाप बसेकाे विषयमा स्थ ...

काँकडभिट्टामा फागुन ...

इटहरीः २०६९ देखी हरेक दुई वर्षमा काँकडभिट्टामा आयोजना हुने कला साहित्य उत्सव यही फागुन १८ बाट हुने भ ...

सगरमाथा आरोही बस्नेत ...

विराटनगरः प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई सगरमाथा अाराेहि राेशा बस्नेतले सगरमाथाकाे ढुँग ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • सम्पादकः मिलन बुढाथोकी
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • राजनीतिक/सामाजिक संवाददाताः विनय बाह्रकोटी
  • स्थानीय सरकार/कानुन संवाददाताः कृष्ण बहाब भट्टराई
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)
  • लेखाः समीक्षा केसी

Copyright © 2018 / 2019 - pradeshportal.com All rights reserved