इटहरीः झापाका सांसद रामचन्द्र लिम्बूले प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने बताएका छन् । सोमबार प्रदेशसभाको शून्य समयमा बोल्दै राजधानी हुने ऐतिहासिक पृष्ठभूमि धनकुटासँग मात्र रहेको भन्दै लिम्बूले धनकुटालाई राजधानी बनाउनुपर्ने बताएका हुन् ।

अस्थायी रूपमा रहेको विराटनगरबाट राजधानी सारेर इटहरी वा धरानमा लाने माग आए पनि धनकुटालाई नै राजधानी बनाउनुपर्ने भनी लिम्बूले तथ्यसहित बताएका थिए । ‘राजधानी इटहरी सार्नुपर्छ, धरान लग्नुपर्छ भन्ने माग धेरै सुनियो’ लिम्बूले भने, ‘त्यो पनि सम्मान गर्नुपर्ने कुरा हो तर सामरिक र ऐतिहासिकताको आधारमा धनकुटा राजधानीको लागि उपयुक्त ठाउँ हो ।’

Mid page add from magh 25

राईले धनकुटालाई २ सय ४० वर्षदेखि सबैले केन्द्र मानी आएको बताएका थिए । पृथ्वीनारायण शाहको पालामा र राणा शासनमा पनि गौंडाको रूपमा लिएको धनकुटालाई पञ्चायती व्यवस्थामा पनि क्षेत्रीय सदरमुकाम बनाइएको भन्दै प्रदेशको राजधानी पनि धनकुटा नै उपयुक्त भएको बताए ।

धनकुटामा ३ सय ९४ जनाभन्दा बढी सरकारी भवन रहेका छन् । २ हजार रोपनीभन्दा बढी सरकारी जग्गा र ५ हजार रोपनी सार्वजनिक जग्गा रहेको उनले बताए ।