झापाः झापाको अर्जुनधारा नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको संयोजनमा सञ्चालित घुम्ती शिविरबाट सो नगरपालिकाका वडा नं १, २ र ३ का २ हजार ५ सय जनाले सेवा लिएका छन् ।

शिविरमा एक दर्जनभन्दा बढी विषयगत कार्यालयले नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आँखा तथा स्वास्थ्य परीक्षण, माटो परीक्षण, पशुसेवालगायत सेवा प्रदान गरेका थिए ।

नगरप्रमुख हरिकुमार राना, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपप्रमुख कमला खतिवडा र वडा नं ३ का वडाध्यक्ष जीवकुमार भण्डारीले संयुक्त रूपमा नागरिकता वितरण गरेर शिविर उद्घाटन गरेका थिए ।