फाइल तस्बिर

इटहरी: प्रदेश एक सरकारको एक बर्से कार्यकालको अवसरमा प्रदेश सरकारले जलपान कार्यक्रम आयोजना गर्ने भएको छ । मङ्गलवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको वार्षिक समीक्षा र उपलब्धि सार्वाजनिकरण गर्न जलपान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

फाल्गुन ३ गते प्रदेश सरकारको एक बर्से कार्यकाल पुरा हुँदैछ । सरकारको एक वर्षे उपलब्धिको सार्वजनिक निजीकरण गर्न प्रदेश सरकार फागुन २ गते प्रदेश सभा सदस्य लगायतका अन्यलाई बोलाएर जलपान गराउने भएको हो ।

मन्त्रिपरिषद् बैठकको तेस्रो निर्णयमा एक बर्से उपलब्धि सर्वाजनिकरणका लागि जलपान कार्यक्रम स्वीकृत गरेको हो । त्यसै गरी १० मुख्यमन्त्री ग्रामीण सडक आयोजना ९ सञ्चालन० कार्यविधि २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७५ मस्यौदा तर्जुमाको सैद्धान्तिक सहमति तथा जनता आवास कार्यन्वयन कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

mid-page-add-from-magh-25 1