धरानः केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा भएको विज्ञानका विद्यार्थीहरूको बक्तित्वकला प्रतियोगितामा पोषण विज्ञानकी विद्यार्थी सुस्मिता अधिकारी प्रथम भएकी छिन । मंगरबार भएको कार्यक्रममा दोस्रो र तेस्रो स्थान भने क्रमशः शुक्मजिव विज्ञानकी विद्यार्थी प्रेसिका निरौला र भौतिकशास्त्रका प्रवीण खत्री भएका छन् ।

निर्णायक त्रयमा क्रमशः नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घ केन्द्रीय समिति सचिव उपप्राध्यापक डाक्टर भवानिशंकर भट्टराई, डाक्टर महानन्द तिम्सिना र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारकै उपप्राध्यापक प्रभातकुमार श्रेष्ठ रहेका थिए ।

भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीको भूमिका शीर्षक बक्तित्वकला प्रतियोगिताको आयोजना भौतिक विज्ञान विद्यार्थी सङ्घले गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर धनबहादुर कार्की थिए भने पब्लिक स्पिटकर सिजन दुइका विजेता रमेश प्रसाईँ रहेका थिए ।

mid-page-add-from-magh-25 1

अतिथिहरूमा सहायक क्याम्पस प्रमुख डाक्टर दिलबहादुर लिम्बु, भौतिकशास्त्रका विभागीय प्रमुख सिपी शाह, पुस्तकालय अधिकृत ओम खतिवडा र स्ववियु सभापति सारैभ संजेल लगायत अतिथिहरू भएको कार्यक्रममा दर्जनौँ विद्यार्थीहरूको उपस्थिति भएको आयोजकको भनाइ छ ।

भौतिकशात्र विद्यार्थी सङ्घका सचिव आधार खतिवडा र कोषाध्यक्ष रेजिना कार्कीले सञ्चालन गरेको कार्यक्रमको सभापति गेस्लर आधुनिक नाममा परिचित सङ्घका अध्यक्ष सङ्गम राई थिए ।