इटहरीः इटहरीमा नाम चलेको शैक्षिक संस्था कोसी सेन्ट जेम्स स्कुल तथा कलेजले हिजो देखि बृहत् विज्ञान प्रदर्शनी आयोजना गरेको छ । बिहान १० बजेपछि सुरु भएको प्रदर्शनमा विद्यार्थीहरूले ड्रोन देखि मोटरवृज लगायतका थुप्रै प्याकेजहरू राखिएका थिए ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे समेतले भ्रमण गरेको प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान, भाषा, गणित, प्रविधि, सामाजिक शिक्षा, वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा, पाक शिक्षा, सङ्गीतलगायतका विषयका विभिन्न स्टल राखेका थिए ।
इटहरी ९ स्थित विद्यालय क्षेत्रमा गरिएको प्रदर्शनीमा करिब २ सय स्टल राखिएको कोसी सेन्ट जेम्स कलेजका प्रिन्सिपल अनन्तकुमार सुवेदीले बताए ।

koshi school itahari pradeshportal (7) koshi school itahari pradeshportal (1) koshi school itahari pradeshportal (3) koshi school itahari pradeshportal (2) koshi school itahari pradeshportal (5) koshi school itahari pradeshportal (6) koshi school itahari pradeshportal (8) koshi school itahari pradeshportal (9)