ताप्लेजुङ: सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था सोसियल युथ गाईजले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको सरसफाई गरेको छ । हरेक महिनाको अन्तिम दिन बजार क्षेत्रको सरसफाईमा जुट्दै आएको उक्त संस्थाले सदरमुकाम स्थित बसपार्क र बजार क्षेत्रमा सरसफाई गरेको हो । सरसफाईमा जनप्रतिनीधि, नेपाली सेना र शसस्त्र प्रहरी समेत जुटेका थिए ।
प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रवेशद्धारका रुपमा रहेको फुङलिङ बजारलाई सँधै सफा राख्ने र बजारको सरसफाईमा सबैको ध्यानाकर्षण गराउने उद्धेश्य सहित बजार क्षेत्रको सरसफाईमा जुटेको युथ गाईजले जनाएको छ ।
उक्त संस्थाले जिल्लामा हुने गरेका सामाजिक कार्य साथै आगलागी तथा बाडी पहिरो जस्ता विपद्मा समेत सहयोग गर्दै आएको छ । उक्त संस्थाले बजार क्षेत्रमा फोहोर व्यवस्थापनका लागि फोहोर राख्ने भाँडा समेत खरिद गरेर राखेको छ ।
तस्विर ः ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार स्थित बसपार्क क्षेत्रको सरसफाई गर्दै सोसियल युथ गाईजका सदस्य साथै नेपाली सेना र शसस्त्र प्रहरी ।