इलामः माइ नगरपालिका र देऊमाई नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख डम्बरकुमार नेम्बाङको असामयिक निधन भएकोले शोक विदा गरिएको हो ।

दुवै नगरपालिकाले माघ २९ गते एक सूचना जारी गरेर फागुन १ गर्ते नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शिक्षा शाखा, स्वास्थ्य शाखा, पशु शाखा र कृषि शाखा पूर्ण रुपमा विदा रहने जनाएको छ ।

प्रमुख नेम्बाङको गत शनिबार एउटा कार्यक्रममा संवोधन गरेपश्चात आकश्मिक ढलेर मृत्यु भएको थियो ।