इटहरी: ‘कोसी सेन्ट जेम्स कलेज इटहरी’ले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि भन्दै ‘कोसी मेघा एक्जीविसन’ आयोजना गरेको छ । विद्यार्थीले तयार पारेका सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् । स्वागत उद्धार देखि नै स्थानीय भेषमा सजिएका विद्यार्थीहरू नमस्कार गर्दै पाहुनाको स्वागत गरिरहेका छन् । प्रदर्शनी स्थल पुरै भरिभराउ देखिन्छ । विद्यार्थीहरू आफूले निर्माण गरेका सामाग्रीको बारेमा जानकारी गराउँछन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका पानी जहाज ल्याउन देखेको सपनालाई कसरी सम्भव गराउन सकिन्छ भन्ने पनि प्रदर्शनीमा विद्यार्थीले देखाएका छन । नेपालको नदीमा पानी जहाज कुँदाउन मिल्ने गरी पुल निर्माण गर्न सकिने उनीहरूले देखाएका छन । रचना सुवेदी लगायत ८ जनाको टोलीले उक्त प्रविधीमैत्री पुल निमार्णको प्रदर्शनी गरेका हुन ।
जहाँ पुलको दायाँबायाँ हाइड्रोलीक मेसिन प्रयोग गरेर पुललाई उचाल्न र झार्न सकिन्छ । जहाज कुदाउने समयमा पुल उचाल्ने र अन्य समयमा पुल यथावत् राख्न सकिन्छ । प्रधानमन्त्रीले नेपालमै पानी जहाज ल्याउने सपना देखाएकोले यस्तो पुल उपयोगी हुने उनीहरूको विश्वास छ । कोसी गण्डकी लगायत नदीहरूमा यस्तो प्रविधि युक्त पुल जडान गर्न सकिने उनीहरू बताउँछन ।
त्यस्तै समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई कसरी उपयोगी बनाउन सकिन्छ भन्ने बारेमा पनि विद्यार्थीले प्रदर्शनी गरेका छन । कक्षा– ७ मा पढ्ने विद्यार्थीहरूले बनजंगलको विनाशले ओजोन तहको विनाश भइरहेको देखाएका छन । ओजोन तहको विनाशको कारण सूर्यको विकीरण सिधै हाम्रो छालामा पर्ने हुन्छ । जसले क्यान्सर जस्ता भयानक रोग लाग्न सक्ने उनीहरूको बुझाई छ । त्यसैले समृद्ध नेपालमा हरित सहर जरुरी रहेको उनीहरूको प्रदर्शनीको आशय छ ।
तीर्थयात्रा हैन विद्यार्थीहरूले वातावरण प्रदूषण रोक्नका लागि अल्ट्रासाउन्ड डस्टबिन बनाएर देखाएका छन । उनीहरूले डस्टबिनको नजिकै कुनै बस्तु वा व्यक्ति आएमा डस्टबिनको बिर्को आफै उग्रीने र बन्द हुने गर्छ । त्यसले गर्दा सहरमा बढ्दै गएको मानव निर्मित फोहोरमा कमी आउने र सहर सफा राख्न सकिने उनीहरूको बुझाई छ । श्रवण भट्टराई सहित ८ जनाको टिमले तयार पारेको उक्त डस्टबिन प्रविधीमैत्री देखिन्छ ।
स्मार्ट स्ट्रीट लाइट बनाएर स्मार्ट सिटी बनाउने कन्सेप्ट तयार पारेका छन् । पुष्कर दियालीको नेतृत्वको टोलीले कुनै गाडी वा मान्छे सडकमा हिँडेका समयमा सेन्सरले आफै बत्ती बल्ने र सडक खाली भएको समयमा बत्ती निभ्ने गर्छ । बढ्दै गएको ऊर्जा सङ्कटको दिर्घकालीन समाधानको लागि स्मार्ट स्ट्रिट लाइट उपयोगी हुने उनीहरूको विश्वास छ । सेन्सरले आफै बत्ती निभ्ने र बल्ने हुनाले नेपालको लागि धेरै उपयोगी हुने उनीहरूको विश्वास छ ।
त्यस्तै एयर ट्राफिक कन्ट्रोल सिस्टमको उपकरण पनि प्रदर्शनीमा राखिएको छ । ‘अल्ट्रा सोनीक सेन्सर’ प्रयोग गरिएको उक्त उपकरणले २० हजार किलोहर्ज भन्दा बढीको साउन्ड निकाल्छ । जुन ध्वानी अर्को बस्तुमा ठोक्किएर सोही सेन्सरमा आउँछ । जसले कति दुरीमा उक्त बस्तु आइरहेको छ भन्ने देखाउँछ । ¥याडर जडान गरिएकोले अर्को प्लेन, पहाड वा कुनै पक्षी कति दुरीमा आइरहेको छ भन्ने देखाउँछ । जसले गर्दा इमर्जेन्सी ल्यान्ड वा गति परिवर्तनको विकल्प लिन सकिने उनीहरूको तर्क छ । नेपाल जस्तो कम भिजीबीलीटी हुने देशमा र बारम्बार उडान रद्द गर्नुपर्ने अवस्थामा यो उपकरण उपयोगी हुने उनीहरू बताउँछन ।
नयाँ प्रविधिको उपयोग गर्ने तरिका देखी प्रविधिले वातावरणलाई पारेको प्रभावको बारेमा विद्यार्थीले जानकारी दिइरहेकाछन । नेपालमा देखिएको सामाजिक कुप्रथा, बलात्कार लगायत महिला हिंसाको विषयमा विद्यार्थी पूर्ण जानकार जस्ता देखिन्छन । महिला उद्यमशीलता कसरी बढाउन सकिन्छ । नयाँ प्रविधिमा नेपाली पहिचान कसरी झल्काउन सकिन्छ भन्ने विषयमा विद्यार्थीले सबैलाई प्रशिक्षित गराइरहेका छन ।
कोसी वृहत् प्रदर्शनी विद्यार्थीले आफूले सिकेको कुराहरूलाई कसरी जिवनउपयोगी बनाउन सकिन्छ भनेर देखाउने प्रयास रहेको कोसी स्कुलका प्रिन्सिपल राम कुमार कालाखेतीले बताए । पछिल्लो समय निजी विद्यालयको शिक्षा घोकन्ते भयो भन्ने धारणालाई हटाउन कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
नर्सरी देखी डिप्लोमा लेभलका विद्यार्थीले एक्जीबशनमा प्रदर्शनी गरी रहेका छन् । १ सय भन्दा बढी स्टलहरू राखिएको उक्त प्रदर्शनीमा बिदार्थीले आफ्नो क्षमताको भर मजदुर प्रदर्शन गरेको उनले बताए । आफूहरूले सोचेभन्दा धेरै राम्रो क्षमता विद्यार्थीहरूले प्रदर्शन गरेको उनको भनाई छ ।