धरान: अनेरास्ववियु महासचिब ऐन महरले जसरि भए पनि स्ववियु चुनाब गराउन पहल गर्ने बताएका छन् । मंगलबार पुर्वान्चल इञ्जिनियरिङ्ग क्याम्पस धरानमा आयोजित प्रविधि प्रदर्शनी समारोहका प्रमुख अथिति रहेका महरले स्ववियु चुनाब जसरि भए पनि गराउने बताएका हुन् ।
बिद्यार्थी आन्दोलनको मुख्य अभिभाबक नै स्वनियु हुने भएकाले बिद्यार्थीको हितका लागि स्ववियु चुनाब अनिवार्य गराउने बताएका हुन् । स्ववियु चुनाब हुन नदिन ठुलो तत्वहरु सक्रिय भएको महरको भनाइ छ ।
'समय अलिकति तलमाथि हुन सक्छ तर ढुक्क हुनुस स्ववियु चुनाब जसरि भएपनि हुन्छ महरले भने नत्र हामी नया भिसी ल्याएर भए पनि चुनाब गराएरै छोड्छौ।' पुर्वाञ्चल इन्जिनियरिंग क्याम्पसमा भएको कार्यक्रममा महर प्रमुख अतिथि थिए भने सभापति प्रतिक श्रेष्ठ रहेका थिए ।