भोजपुर: भोजपुरमा जनयुद्ध दिवसको २४ औं वार्षिकोत्सव शहीदहरुको सम्झना गर्दै उनीहरुको फोटोमा माल्यार्पण गरेर मनाइएको छ । पार्टी एकिीकरणपछि जिल्लामा गरिएको पहिलो संयुक्त कार्यक्रममा पूर्व माओवादी र पूर्व एमालेका जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रममा पूर्व एमाले सचिव शरणकुमार राईले जनयुद्ध र यसबाट प्राप्त उपलब्धीलाई स्वीकारेर एकीकरण भइसकेको अवस्थामा संघीयतालाई संस्थागत गर्नका लागि शहीदहरुको त्याग र बलिदानीलाई उच्च मुल्यांकनका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । त्यस्तै नेकपाका प्रदेश नं. १ कमिटी सदस्य राजेश खतिवडाले जनयुद्ध र जनआन्दोलनको बलमा भएको परिवर्तनलाई रक्षा गर्न र जनताको अधिकारलाई अझ थप बलियो बनाउन पार्टीमा जिम्मेवारी थपिएको बताए ।

कार्यक्रममा उपस्थित अधिकांस नेता कार्यकर्ताहरुले पार्टी एकीकरणलाई टुंगोमा पु¥याउन ढिला भइसकेको हुँदा कार्यकर्ताहरुमा उदाशी आउन थालेको र अन्यौल बढ्दै गएको गुनासो गरे । जनयुद्ध दिवसकै सम्झनामा आज नेकपाले सदरमुकाममा दिपावली कार्यक्रमको आयोजना गरेको छ ।

उता मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले पनि जनयुद्ध दिवसको सम्झना गर्दै आफ्नो अभियान , जिल्ला र देशको राजनीतिक तथा समसामयिक विषयमा पार्टीको धारणा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।