इटहरी: गोकुलम रिसोर्टले पर्यटकलाई अब मोनोरेल देखी हवाइजहाज सम्म भ्रमण गराउने तयारी थालेकोछ । गोकुलम आउने पर्यटकलाई केही नयाँपनको महसुस गराउने उद्येश्यले नयाँ आकर्षण थप्न लागीएको रिसोर्टका संचालक राधेश्याम पौडेलले बताए ।
सुरुमा आएको पाहुनाले लामो सयम सम्म नयाँपन महसुन गर्न नसकेको भन्दै नयाँ आकर्र्षण थप्न लागीएको उनको भनाईछ । नयाँ लगानीकर्तालाई समेत गोकुलममा प्रवेश गराइएको उनले जानकारी दिए । बिराटचौकमा गहनागृह संचालन गर्दै आएका रमेश कार्की गोकुलम रिसोर्टमा ५० प्रतिशत सेयर पाउने गरी प्रवेश गर्न लागेका हुन् ।
जम्मा ३० करोड मुल्य बराबरको मुल्याङकन गरीएको उक्त रिसोर्टमा अब थप १० करोड लगानी गर्न लागीएको पौडेलले बताए । जसले साइकले देखी हवाइजहाज सम्म र मोनोरेल देखी स्वप्न बगौंचा आकर्षकको रुपमा थप गरीने भएको छ । नेपालमै पहिलो पटक खुल्ला स्थानमा बसेर फिल्म हेर्न सकीने गरीको ओपेन थिएटर पनि निमार्ण गरीने पौडेलको योजना छ ।
पुर्वकै सबैभन्दा आकर्षक गन्तव्य बनाएर निजी क्षेत्रबाट पर्यटन प्रवर्धनको सम्भावनालाई नमुनाको रुपमा प्रस्तुत गर्न लागीएको उनको भनाई छ ।