विराटनगरः प्रदेश एक संसदमा विशेष सम्बाेधन गर्न राेस्टम पुगेका मुख्यमन्त्री शेरधन रार्इले  मर्यादित रूपमा प्रस्तुत हुन सभामुखमार्फत सांसदकाे ध्यानाकर्षण गराएका छन् । जनताले चुनेर पठाएकाे याे सम्मानित र सवाेच्च थलाेमा प्रयाेग गर्ने भाषा शैलीबारे टीप्पणी गर्दै रार्इले सभ्य बन्न विपक्षी दलका नेतालाइ संकेत गरे । 

उनले सडकमा चिप्लिए उठेर धुलाे टक्टक्याएर हिँड्न सकिने तर, संसदमा चिप्लिए उठेर हिँड्न गाह्राे पर्ने भन्दै हाेसियार भएर बाेल्न अाग्रह गरे । अाम जनताकाे ध्यान अाफुले चुनेर पठाएका नेताहरूकाे व्यवहार र शैलीतर्फ केन्द्रीत भएकाे भन्दै साेहिअनुसारकाे व्यवहार प्रस्तुत गर्नुपर्ने बताए । 

अाफु ०५६ साल देखि संसदीय अभ्यास बारे जानकार रहेकाे स्मरण गराउँदै सबै सदस्यहरूले मर्यादित वातावरण बनाउन सघाउ पुर्याउनु पर्ने धारणा राखे ।