पथरी: प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले माध्यमिक तहका विद्यार्थीको चरित्र निर्माण गर्ने अभियान सञ्चालन गर्ने बताएकाछन् ।
आगामी वैशाखदेखि प्रदेश भरिका माध्यमिक तहका विद्यार्थीहरुको सहभागितामा सगरमाथा टिन्स क्लवको स्थापना गरी माध्यमिक तहका विद्यार्थीहरुको चरित्र निर्माणमा ‘म अगाडि बढ्छु’ भन्ने नाराको स्थापना गरी अभियान थालिने उनले विहीवार एन प्याब्सन मोरङले आयोजना गरेको २ दिने स्र्पोट मीट कार्यक्रमको उद्घाटनका क्रममा उद्घोष गरेका छन् ।

साथै उनले आगामी शैक्षिक सत्रदेखि प्रदेश नं. १ का अढाई लाख विद्यार्थीलाई प्रत्यक्ष रुपमा खेलकुदमा सहभागी गराउने पनि वताएका छन् ।
मोरङको बेलवारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा एन प्याव्सन मोरङले आयोजना गरेको खेलकुद कार्यक्रमको बिहिवार उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा वताएका हुन् ।

कार्कीले खेलकुदले भूगोल,जात, धर्म केही नभनी सबैलाई सामूहिक रुपमा जोड्ने माध्यम खेलकुद भएको समेत चर्चा गरे
सरकारी स्तरबाट माध्यमिक तहमा कुनै खेल गतिविधि नभए पनि नीजि तथा आवाशीय विद्यालयले आयोजना गरेका खेल गतिविधिले खेलकुदको विकासमा टेवा पुगेको मन्त्री कार्कीको भनाई थियो ।
समाजमा आमुल परिवर्तन र राष्ट्र निर्माणको अभियानमा खेलकुदको भूमिका अपरिहार्य रहेको समेत कार्कीले वताएका छन् । विद्यालय तहबाटै खेललाई व्यावसायिक बनाउन प्रदेश सरकार तयार रहेको समेत कार्यक्रममा कार्कीले प्रतिवद्घता जाहेर गरेका छन् ।

एन प्याब्सन मोरङका अध्यक्ष सुनीलदत्त अधिकारीको सभापतित्वमा भएको कार्यक्रम शुत्रवारसम्म सञ्चालन गर्नुका साथै खेलकुदमा दइ हजार विद्यार्थीले प्रतिस्पर्धा गर्ने एन प्याव्सन मोरङका सचिव नारायणप्रसाद ढकालले जानकारी दिए ।
एन प्याब्सन स्पोर्टस् मीटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङ्जम्प, हाईजम्प, ट्रिपलजम्प, सर्टपुट, कबड्डी तथा भलिबलका खेलहरु समावेश गरिएको एन प्याब्सन मोरङले जनाएको छ ।