बेलबारी: कुनै औपचारीक कार्यक्रम गर्दा प्रमुख अतिथिलाई धेरै समयसम्म पर्खनु पर्छ । मन्त्रीलाई भने तोकिएको समय भन्दा धेरै समय नै पर्खनुपर्छ । तर मोरङको लक्ष्मीमार्गमा भएको एक कार्यक्रममा भने आयोजक भन्दा अगाडि मन्त्री आई पुगेका छन् ।
एन प्यावसनले आयोजना गरेको खेलकुद कार्यक्रमको उद्घाटन गर्न प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्ती हिक्मत बहादुर कार्की समय अगाडी नै आइपुगेका हुन् । आयोजकले ११ बजे बोलाए पनि उनले आयोजकले वोलाएको समयमा भने कार्यक्रम स्थलबाट बिदा भएका थिए । उनी कार्यक्रम स्थलमा आउदा एन प्यावसनका जिल्ला अध्यक्ष सुनिल दत्त अधिकारी सचिव नारयण ढकाल जिल्ला सदस्य तथा खेल संयोजक दिपेन्द्र खुलाल तथा केहि बिद्यालयका शिक्षकहरु मात्रै कार्यक्रममा आई पुगेका थिए ।
मन्त्री कार्कीले कार्यक्रमको उद्घाटन गर्दे प्रदेश सरकारले माध्यमिक तहका बिद्यार्थीहरुलाई म आफै अगाडि वढ्छु भन्ने कार्यक्रम ल्याएको बताएका छन । आउँदो शैक्षिक सत्र देखी सवै बिद्यालयमा सगरमाथा क्लब नाम दिएर अतिरिक्त कार्यक्रम गराउने बताए ।
दुई दिन सम्म चल्ने एन प्यावसन स्पोर्टमा कवर्डी, भलिवल, एथलेटिक्सका ८२ वटा खेल खेलाईने आयोजकले जनाएको छ ।