धरान: धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पेरिटाेरिनियल डायलासिस शुरु भएको छ । यो सेवा काठमाण्डौ बाहिर पहिलो पटक धरानमा शुरु भएको छ । प्रतिष्ठानको वाल रोग विभागले यो सेवा शुरु गरेको हो ।

बालबालिकाको किड्नी रोग विशेषज्ञ डा.शङ्करप्रसाद यादवले यो सेवा शुरु गरेका हुन् । डा. यादब काठमाण्डौ बाहिरका एक्ला बालबालिकाको किड्नी रोग विशेषज्ञ हुन् । प्रतिष्ठानमा सिरुवन ४ झापाका १० बर्षीय समीर माझीको पहिलो पटक पेरिनोनियल डायलासिस गरिएको हो ।
डाक्टरहरुले माझीकी आमा रेणुलाई डायलासीस गर्ने विधि सिकाएका छन् । ‘अब मेरो छोराको डायालासीस गर्न म पनि सक्छु ‘रेणुले भनिन् ‘मलाई बच्चाको उपचार सम्भब होला जस्तो लागेको थिएन , तर धरानमै यो सेवा उपलब्ध रहेछ’ ।

mid-page-add-from-magh-25 1
उनले अब बच्चाको किड्नी नफेरुन्जेलसम्म आफै डायालासीस गर्न सक्ने भएको सुनाईन् । ‘यति राम्रो सेवा धरानमा शुरु भएछ, मेरालागि भगवान नै मेरो घरमा आए जस्तो भयो ’ उनले भनिन् ।

डा.यादवले एक बर्ष अगाडि प्रतिष्ठानमा सेवा शुरु गरेपछि करिब पाँच सय बालबालिकाको किड्नी सम्बन्धी रोगको उपचार भएको छ । उनले भने ‘ प्रतिष्ठानमा उपचार हुन नसकेर अन्यत्र विरामी रेफर गर्नुपर्ने अबस्था अन्त्य भएको छ । किड्नी फेर्नका लागि मात्र हामीले रेफर गर्छौं , बाकी सबै उपचार प्रष्ठिानमै हुन्छ ।

रोग पत्ता नलाग्दा र उपचार गर्ने ठाउँ नहुँदा बच्चा र अभिभावकलाई धेरै समस्या भइरहेको छ’ प्रतिष्ठानका एसिष्टेण्ट प्रोफेसर समेत रहेका डाक्टर यादव भन्छन, ‘अब यस्ता समस्याका बारेमा प्रतिष्ठानमा उपचार शुरु भएको छ, यो हाम्रो लागि मात्र हैन, प्रतिष्ठानबाट सेवा लिने सबैको लागि खुसीको कुरा हो ।

‘मैले प्रतिष्ठानमा बाल मृगौला सम्बन्धी सुविधा दिन प्रयास गरिरहेको छु, । मेरै पहलमा बाल मृगौलाको उपचार गर्न आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्न एक जना नर्सलाई बैङ्लोरमै तालिम दिएर काम शुरु गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशङ्कर साहले यो सेवालाई चुस्त बनाउन आफूहरूले तयारी थालेको बताए । हामीले समय सापेक्ष सेवा र सुविधालाई विस्तार गर्दै गएका छौ, । प्रतिष्ठानलाई नेपालकै उदाहरणीय अध्ययन,उपचार र सिचर्स गर्ने केन्द्रको रुपमा विकास गर्दै छौ ।’