इटहरीः वी विल राइज फाउन्डेसन (हामी उठ्ने छौं) लृे ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो च्यालेन्ज गर्न लागेको फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले जानकारी दिएका छन् । अाज इटहरीकाे ९० एमएल क्याफेमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले देशैभरबाट प्रचारमा नअाएका क्षेत्रकाे पर्यटकीय प्रवर्दन गर्ने उदेश्यले भिडियाे प्रतिस्पर्धा गर्न लागिएकाे जानकारी दिएकाे छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर देशैभरबाट नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेन्ज हुन लागेकाे हाे । चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ । भिडियोमा चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई भिडियोमार्फत बाहिर ल्याउन सकिने छ ।
यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवर्द्धनका निम्ति अगाडि सारेको छ। व्यावसायिक रूपमै लाग्ने व्यक्तिदेखि मोबाइलबाट भिडियो बनाउन सामान्य व्यक्तिसम्मले प्रतियोगितामा भाग लिन पाउने छन्। स्तरीय विषय भएको जुनसुकै भिडियो पनि उत्कृष्टमा छानिन सक्ने यो प्रतियोगिताको निम्ति फाउन्डेसनले सबै स्थानीय तहबाटै जुनसुकै क्षेत्र र विषयमा पनि भिडियो बनाउन आह्वान गरेको छ।
। देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन्। प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पनि पाउने छ। दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन्। पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार पाउने छ।
साथै, उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५र२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन्।
कसरी सहभागी हुने ?
कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमार्फत अनलाइन फम भर्नुपर्ने छ। यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ।
यसको प्रवर्द्धनको निम्ति नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ।