इटहरीः नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहतको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेल सोमबार बिहान इटहरीको जनता बहुमुखी क्याम्पससमा आउने भएका छन् । क्याम्पसमा हुने ‘समृद्ध नेपाल, सुखी नेपाली निर्माणमा विद्यार्थीको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी हुन ढुङ्गेल आउने भएका छन् । अनेरास्ववियु जनता बहुमुखी क्याम्पस कमिटीको आयोजनामा हुने कार्यक्रमको लागी बिहान ७ बजे ढुङ्गेल आउने आयोजकको भनाइ छ ।
अनेरास्ववियु सुनसरी अध्यक्ष जीवी गजलको पहलमा इटहरी आउने ढुङ्गेल अनेरास्यवियुका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन । ढुङ्गेल उपस्थिति हुने कार्यक्रममा सुनसरी भरिका युवा तथा विद्यार्थीहरू सहभागी हुने अनेरास्ववियू जनता बहुमुखी क्याम्पसका सचिव उज्वल सिग्देलले बताए ।
अनेरास्ववियु जनता क्याम्पस कमिटी अध्यक्ष किरण विष्टले पनि कार्यक्रममा धेरैले उत्सुकता भएरै ढुङ्गेल बोलाएको बताए । उनले भने, उनले भने, ‘युवा उद्यम, युवा स्वरोजगार र युवाका विषयमा विमर्श गर्ने आधिकारिक सरकारी संस्था राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष आएको कार्यक्रम भएकाले धेरै विद्यार्थीहरू सहभागिताको लागी उत्साहित भएका छन् ।’