गछियाः शनिवारदेखि शुरु भएको गछिया एक्स्पोमा विभिन्न उत्पादनका स्टलहरु रहेका छन् । तर, ती धेरै स्टलभन्दा पृथक एउटा स्टल छ, जहाँ विश्वको सबोच्च शिखर सगरमाथासँग सम्बन्धित तस्बिरहरु रहेका छन् । धेरैको ध्यान खिचेको उक्त स्टलमा आइतवार एक हुल विद्यार्थी पसे ।

उक्त स्टलमा पुग्दा गछियास्थित माउण्ट मकालुका विद्यार्थी दंग परेका हुन् । त्यहाँ रहेको स्टलमा महिला पत्रकारले सगरमाथा चढ्दा जे देखे त्यसलाई तस्बिरमा सचित्र उतार्ने प्रयास गरिएको थियो । त्यसलाई चित्रमार्फत देखाउन प्रयास गरेका हुन सगरमाथा आरोहि तथा गिनिज बुक होल्डर फुर्वा तेन्जिङ शेर्पाले । पहिले तस्बिर मात्र नियाली रहेका विद्यार्थीले शेर्पालाई नजिकबाट भेट्न पाए खुसी हुने बताए । तर, जब स्वयमः शेर्पा उनीहरु सामु आए उनीहरुले पत्याएनन् । भने– ‘तपाइले सगरमाथा चढेको हो र ? होइन होला ।’ हाँसोको पर्रा छुट्यो ।

IMG_3868 सानो जीउडाल भएका शेर्पाले जब साँच्चै नै १३ पटकसम्म सगरमाथा चढेको हो भन्ने थाहा पाए विद्यार्थी उत्साहित हुँदै हिमाल चढ्दाको अनुभव सुनाउन आग्रह गरे भने सेल्फी लिन तँछाडमँछाड गरे ।
पत्रकारहरु रोशा बस्नेत, देउराली चाम्लिङ, रोजिता बुद्धाचार्यले सगरमाथाको सफल आरोहरण गरेका थिए । उनीहरु स्वयम एक्स्पोमा आफ्ना हिमाल चढ्दाका अनुभव तस्बिरसहित लिएर उपस्थित भएका हुन । मेलामा आउने दर्शकको ध्यान खिच्न सफल उक्त स्टल बारे जानकारी दिँदै बस्नेतले भनिन्– ‘प्रदर्शनीमा राखिएका ५० तस्बिरले हिमाल र त्यहाँको वातावरण उजागर गर्नेछ, म आँफै पनि तराइवासी भएको हुँदा हिमालबारे जानकारी दिन यसले सघाउ पुर्याउँछ भन्ने लाग्छ ।’ उनले हिमाल आरोहरण बारे जानकारी दिने उदेश्यले तस्बिर मेलामा राखिएको जानकारी दिइन् ।

IMG_3877
अर्कै सगरमाथा आरोही रोजिता बुद्धचार्यले एक्स्पोको नारामा पर्यटन समावेश भएको सुन्दर हरैँचा नगरपालीकालाई केहि सहयोग गर्न मेलामा सहभागी भएको बताइन् । आफु सगरमाथा चढ्दा नगरपालिकाले सहयोग गरेको स्मरण गर्दै बुद्धचार्यले भनिन– ‘हिमाल कस्तो हुन्छ भन्ने जिज्ञाशा जो कोहिमा हुन्छ, हामी स्वयम हिमाल चढिसकेका व्यक्ति भएको हुँदा त्यहाँको अनुभव यहाँका जनतालाई बाँड्न आएका हौँ ।’

mid-page-add-from-magh-25 1
टीममासँगै सगरमाथा आरोहरण गरेकी अर्की पत्रकार देउराली चाम्लिङले आन्तरिक पर्यटनलाई पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यले तस्बिर प्रदर्शनीमा राखिएको जानकार दिइन् । धेरैले हिमाल बारे जान्न चाहेर पनि अवसर नपाइरहेको हुँदा यो मेलामा तस्बिरसहित आएको जानकारी दिइन् ।
उनका अनुसार मेलाअवधिभर तस्बिर प्रदर्शनमिा राखिेछन् । प्रदर्शनीमा हिमाल चढ्दा अपनाउनु पर्ने सावधानी, तयारी तथा हिमाल चढ्दाका अवस्थाका बारे तस्बिरमा देखाइएको छ । त्यसका साथै हिमाल चढ्ने केही व्यक्तिको लापवार्हिका कारण हिमालमा फोहोर जम्मा भएको दृष्य पनि राखिएको छ ।

IMG_3878