इटहरी : बिश्व सरसफाइ अभियानमा हिडेका अभियानकर्मीले सरसफाइको जिम्मा सरकारको भन्दा पनि नागरिक स्वयंको रहेको बताएका छन् । अभियान अन्तर्गत इटहरी आइपुगेका अभियानकर्मी जोडीले इटहरी सफाइमा इटहरीबासीकै महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ अभियानकर्मी सम्मानित भएका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको सरसफाइ अभिवृदी कार्यक्रममा अभियानकर्मी सम्मानित भएका हुन् ।

52373540_350359375551109_6048222398480646144_n

बिगत १२ वर्ष देखी विश्व सरसफाइ अभियानमा लागेका राजमान मानव र शुशिला महर्जनको जोडिलाई सम्मान गरिएको हो । विश्व सरसफाइ अभियान "मैले नगरे कसले गर्ने" लेखिएको व्यानर लिएर सरसफाइ अभियानमा लागेका उनीहरुको इटहरीमा सम्मान गरिएको हो ।

सम्मानित भए पछि बोल्दै महर्जनले आफ्नो मुल उदेश्यनै बिश्व सरसफाइ रहेको बताए । यस भन्दा अगाडि इटहरी आउँदा इटहरी सफा देखिएको तर यसपटक अत्याधिक फोहोर देखिएको उनको भनाइ छ । आफू बिश्व सफाइ अभियानमा लागिरहेकोले यसैगरी सरसफाइ गरिरहेकै बेला मर्ने प्रण गरेको उनले सुनाए ।

52258616_603944683363537_3232899820175753216_n (1)

समाजमा आफ्नो योगदान भएन समाज कहिल्यै सफा नहुने उनले बताए । यो बिश्व नै मेरो हो भन्ने भावना जागृत नभइकन सफा नहुने उनको भनाइ छ । महर्जन पछी बोलेका वडाध्यक्ष चन्द्र भट्टराईले अब समाजमा कहिल्यै फोहोर नगर्ने प्रण गरे । आगामी ४ बर्ष भित्रमा वडा नम्बर ४ नम्बर वडा धुलोमुक्त्त वडा घोषणा गरिने उनले दाबि गरे ।