इटहरीः नेकपा एमाले र माआबादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अझैसम्म औपचारीक एकता हुन सकेको छैन । केन्द्र देखी स्थानीय स्तरसम्म एकताको प्रक्रिया पुरा हुन नसकेको हो । पार्टी एकीकरणको अभियान चलीरहेकै बेला रडाको मच्चिन सुरु भएको छ । नेकपाका पूर्व माओबादी केन्द्र र एमाले बिचमा असन्तुष्टि देखापर्न थालेको हो ।

त्यसको ज्वलन्त उदारहण हुन् पूर्व माओबादी केन्द्रका इटहरी नगर इन्चार्ज भिम प्रसाद सुवेदी (सागर) । उनले फेसबुकमा लेखेको स्टाटसले नेकपाको एकता प्रक्रियामा नै समस्या सृजना भइरहेको देखाएको छ । पूर्व एमाले नेतृत्वबाट पुर्व माओबादीलाई होच्याउने काम भइरहेकोप्रति उनले असन्तुष्टि जनाएका हुन् । त्यती मात्र हैन अब देखी नेकपाको कुनै पनि बैठक र छलफलमा उपस्थित नहुन समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले लेखेका छन् , ‘इटहरी उपमहानगरपालिकामा माओबादी पार्टीलाई एकताका नाममा पूर्व एमालेका केहि कमरेड साथीहरुले होच्याउने कुरामा किमार्थ समर्थ हुन नसक्ने । साथै सम्मानजनक अवस्था नहुन्जेलसम्म अबका दिन देखि मिटीङमा सहभागी नहुने । यदि कोहि कमरेड सहभागी भएमा आँफै जबाफदेहिता रहने जानकारी गराउन चाहान्छु ।’

Mid page add from falgun 1st week 1

यस बिषयमा थप जानकारीको लागी सम्पर्क गर्न खोज्दा सुवेदी सम्पर्कमा आउन चाहेनन् । यस विषयमा बुझुन हामीले पुर्व नेकपा एमालेका नगर अध्यक्ष रेवती घिमीरेलाइ फोन सम्पर्क गरेर सोध्यौँ । उनले आफुलाई यस बिषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

सुवेदीको पोस्टमा नेकपा लगायत बिभिन्न दलसम्बद्ध नेता कार्यकर्ताले छलफल मार्फत समस्या समाधान गर्न भन्दै कमेन्ट गरेका छन् । जसमा उनले सबैलाई धन्यबाद भन्दै रिप्लाइ गरेका छन् । युवा संघ सुनसरी क्षेत्र नम्बर दुईका अध्यक्ष होमनाथ धमलाले दुखद भन्दै कमेन्ट गरेका छन् । त्यस्तै नेकपाका युवा नेता सुनील कार्कीले इटहरी नगर अध्यक्ष रेवती घिमीरे र इन्चार्ज रामप्रसाद चौलागाईलाई मेन्सन गरेर चाडो समस्याको समाधान गर्न आग्रह गरेकाछन् ।

त्यस्तै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले पनि सान्त्वनाको भाषामा केही समस्या भए छलफलबाट समाधान गर्न भनेकी छिन् । उनले लेखेकी छिन् ‘के भयो ? केही नराम्रो भएको हो या अनुभूतस् त्यस्तो भयो । बसेर छलफल गरि सुधार्नु पर्छ कमरेड ! यो फेसबुकमा लेख्नु राम्रो हुन्न । हटाउनुस् कमरेड ! बसेर हल गरौँ । अब एमाओबादी र एमाले पार्टी छैनन् । कमरेड इतिहास हुन यी दुबै दल । पूर्व थपेर केही लेख्ने र बोल्ने कुरा ले भावनात्मक एकता हुन्न कमरेड ! छ्लफल गरि समाधान गरौँ यहाँ नलेखौ यो ठाउँ होइन । सरि मेरो कुरा मन नपरेमा !’