पाँचथरः यहाँस्थित हिलिहाङ गाउँपालिका वडा नम्बर ५ र ६ का एक हजार नागरिकका लागि खानेपानी बितरण गरिने भएको छ । फालेलुङ गाउँपालिका वडा नम्बर १ मा रहेको मुहानबाट पानी ल्याएर बितरणको तयारी रहेको जोरपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कर्णश्याम लावतीले जानकारी दिए ।
भालुखुट्टे–लाली मुहान बाहेक जौवारी माथिल्लो र तल्लो मुहानबाट पानी एकत्रित गरेर लाउने तयारी छ । खानेपानी आयोजनाबाट मुख्य गरेर हिलिहाङको जोरपोखरी र चतुरे बजारका स्थानीयलाई सुबिधा पुग्ने भएको छ । त्यस बाहेक भारपा क्षेत्रको माथिल्लो बस्तिमा पानि पुर्याउन लागिएको छ ।
गोर्खा वेलफेयर ट्रष्टको ६८ लाख र स्थानीय उपभोक्ताको ४६ लाख लागतमा आयोजना निर्माण हुन लागेको हो । २०७५ पुस देखी ६ गतेदेखी सुरु भएको आयोजनाको काम २०७६ साल बैशाख ७ गते सम्ममा पुरा गर्ने सम्झौता छ ।
हालसम्ममा करिव ७० प्रतिशत काम पुरा भइसकेको छ । आयोजनाको निर्माण संग संगै स्थानीय उपभोक्ताले बातावरण मैत्री कार्य थालनि समेत गरेका छन । बजार क्षेत्रमा गमला राख्ने, नयाँ बिरुवा रोप्ने लगायतका काम भएका छन । आयोजनाका लागि हिलिहाङ गाउँपालिकाले उपभोक्ताको तर्फबाट प्रति वडा २ लाख रुपैँया सहयोग गर्ने जनाएको छ । आयोजनाबाट एक सय ६७ धारा बन्ने छन ।
आयोजनाका लागि स्थानीयले श्रमदान समेत गरिरहेका छन । नालि खन्ने लगायतका काममा स्थानीयले श्रमदान गरेका हुन । वेलफियर ट्रष्टले भारपा क्षेत्रमा मात्रै यो आर्थिक बर्षमा छुट्टा छुट्टै आयोजनाका लागि करिव ५ करोड लगानी गर्ने भएको छ ।