धरानः आजबाट धरानमा पुष्प व्यापार मेला लाग्ने भएको छ । ६ दिन सम्म धरानको अमान बजारमा लाग्ने यो प्रदेशस्तरिय मेलाको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाय कुसियेतले गर्ने आयोजकले बताएको छ । मेलाको औपचारिक उद्घाटन आज मध्यान्न बाह्र बजे हुने आयोजकको भनाइ छ ।

Mid page add from falgun 1st week 1

पुष्प व्यवसायीहरूको सङ्गठन फ्लोरिकल्चर असोसिएसन जिल्ला कार्यसमिति सुनसरीको आयोजना र धरान उपमहानगरपालिकाको संयोजनमा हुने मेलामा प्रदेश १ का विभिन्न जिल्लाका पुष्प व्यवसायीहरू सहभागी हुने मेलाका संयोजक प्रेम पराजुलीले बताए । पराजुलीका अनुसार ३२ स्टलमा २५ रुपैयाँ देखी ५० हजार सम्मको मूल्यका फुलहरू प्रदर्शनीमा राखिनेछन् ।

आधा करोड हाराहारीको पुष्प कारोबार अनुमान गरिएको मेलामा उत्कृष्ट स्टललाई पुरस्कृत समेत गरिने पराजुलीले सञ्चारकर्मीहरूलाई बताएका छन् ।