विराटनगरः ताप्लेजुङका पत्रकार तथा सञ्चारकर्मी सन्तोष पुर्कुटी नेपालको एक मात्र सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) द्धारा पुरस्कृत एवम सम्मानित भएकाछन् । ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर राससमाकार्यरत उनि राससको को ५८ औँ वार्षिकोत्सवका बीच विराटनगरमा सम्मानित भएका हुन् ।

मंगलबार विराटनगर स्थित राससको प्रदेश कार्यालयमाआयोजित वार्षिकोत्सव विशेष कार्यक्रमकामा प्रदेश नम्बर एककाआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, रासस प्रदेश नम्बर एकका प्रमुख मोहम्मद सदरुललगायतले संयुक्त रुपमा पुरस्कार तथा सम्मानपत्रप्रदान गरेका थिए । 

Mid page add from falgun 1st week 1

यस अघि ५५ औँ वार्षिकोत्सवमापुर्वाञ्चलबाट उत्कृष्ट समाचारदाताको रुपमा छनौट भई सम्मानितभएकाउनि यो पटक प्रदेश नम्बर एकबाट फोटो सेवातर्फ उत्कृष्ट तस्विर सम्प्रेषण गर्नेमा छनौट भएका थिए । उनि सहित पाँचथरका रविन्द्र काफ्ले र मोरङका सुमन घिमिरे समेत विभिन्न सेवातर्फ छनौट भई सम्मानित भएका छन् । पुर्कुटी विगत ५ वर्षदेखि राष्ट्रिय समाचार समितिलगायतका सञ्चार माध्ययममा कार्यरत छन्् ।