पाँचथर ः प्रजातन्त्र दिवसका रुपमा ७ फागुनलाई मनाउने पुरानो चलन हो । पछिल्लो समय दिवस औपचारीकता मात्रै बन्दै गएको छ । पाँचथर जिल्लामा पनि सोही तबरले दिवस मनाइएको छ । आधा भन्दा बढी सरकारी कर्मचारी मात्रै सहभागी गराएर जिल्ला समन्वय समिति पाँचथरले दिवस मनाएको छ ।

अरु त अरु बिहान आयोजित औपचारीक कार्यक्रममा प्रमुख अतिथि समेत उपस्थित रहेनन । जिल्ला समन्वय समित र प्रमुख अतिथि बोलाइएका ब्यक्ती बिचको तालमेल नमिले पछि कार्यक्रमका लागि बोलाइएका अतिथि आएनन । जिल्ला न्यायधिस मनोज केसीलाई प्रमुख अतिथि भनेर पटक पटक आसन ग्रहण र सम्बोधन गरियो तर कार्यक्रममा कहि कतै उनलाई देखिएन । कार्यक्रममै नपुगी प्रमुख अतिथि बनेका जिल्ला न्यायधिस केसीले भने आफुले कार्यक्रममा जान नसक्ने बिषयमा पहिले नै जानकारी गराएको बताए ।

Mid page add from falgun 1st week 1

'म सोमबार भएको सरसफाई कार्यक्रममा गएको थिँए ।' उनले भने– 'आजको कार्यक्रममा जान नभ्याउने भएर जानकारी गराएको हो । कसरी त्यस्तो भयो ।'

जिल्ला समन्वय समितिलाई प्रमुख अतिथिको उपस्थितिका बिषयमा पुर्व जानकारी थियो । तर पनि आउँदै नआएका प्रमुख अतिथिलाई सम्बोधन गरेर कार्यक्रम सकियो ।
कार्यक्रममा सहभागीको उपस्थिति पनि न्युन थियो । सरकारी कर्मचारी बाहेकका नागरिकको उपस्थिति कम देखीएको हो । कार्यक्रममा सहभागीले भने जिल्ला समन्वय समितिले समन्वयमा कमी गरेको प्रतिकृया दिएका छन । कार्यक्रममा नेकपा नेता राजकुमार भण्डारी, नेपाली काग्रेस सभापति नरेन्द्रकुमार केरुङ, फिदिम नगर प्रमुख ओनहाङ नेम्बाङ लगायतले बोले । अन्त्यमा पहिला सभाको सभापतित्व गरेका जिल्ला समन्वय समितिका प्रमुख बिष्णुप्रसाद साप्कोटाले बिशिष्ट अतिथिका रुपमा सभाको बिसर्जन गरे ।