धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका तीन डाँडागाँउका ६३ बषर््ीाय हरिबहादुर पौडेल आफ्ना गुमेका दाँत पुन पाउँदा निकै उत्साहित थिए । बुढेसकाल लागेसँगै दुइ बर्ष अघि उनले आफ्ना सबै दाँत गुमाएका थिए ।
महालक्ष्मी नगरपालिकाले उनलाइ उपहार स्बरुप दाँत दिलाएको हो । उनले मुसुक्क हाँस्दै दाँत पाएसंगै पुरानै मुस्कान फर्किएको बताए । ‘दात झरे संगंै हास्नै अफ्ठेरो लाग्थ्यो । मन लागेको कुरा खान पाइदैनथ्यो तर अब पहिलेकै जसरी हाँस्न सक्ने भएँ मन लागेको कुरा थोरै थोरै भए पनि खान सक्ने भए’ उनले भने ।
अहिले पौडेल जस्तै धेरै दाँत झरेका ब्यक्तिले यो सेवा पाएर हर्षित भएका छन् । दाँत नभएका ब्याक्तिलाई लक्षित गरी नगरपालिकाले यो कार्यक्रम अघि सारेको हो । यो योजना अन्र्तरगत नगरपालिकाले शिविर नै आयोजना गरेर दाँत नभएका ब्याक्तिहरुलाई दाँत लगाइ दिएको छ । नगरपालिकाले इटहरीस्थित पुर्बाञ्चल डेन्टल हस्पिटल प्रा.लि.को सहयोगमा यो कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणमा करिब पाँचसय ब्यक्तिलाई निशुल्क दाँत लगाउने व्यवस्था नगरपालिकाले गरेको छ । तर शिविरमा सेवाग्रहीको भीड भने धेरै छ ।
चुनावको बेला भोट माग्न गाँउ जाँदा धेरै ब्यक्ति दाँत सम्बन्धी समस्याबाट पीडित भएको देखेर यो कार्यक्रम अघि सारेको मेयर पर्शु नेपालले जानकारी दिए । ‘गाँउ गाँउ जाँदा दाँत सम्बन्धी समस्याका कारण धेरै ब्यक्ति मन लागेको कुरा खान नसक्ने र हाँस्न नसक्ने अबस्थामा थिए , त्यही दुःख देखेर यो कार्यक्रम अघि सारेको हो ’ मेयर नेपालले भने । जीवनमा दाँत धेरै ने आबश्यक भएकाले गाउँमा यो कार्यक्रम अघि सारिएको नेपालले जानकारी दिए ।
दाँत फुकालेर लगाउदा प्रति गोटा एक हजार रुपैयादेखि १५ हजार रुपैयासम्म पर्ने गरेको छ । तर गाँउ घरमै नगरपालिकाले सित्तैमा दाँत लगाइ दिएपछि स्थानीय निक्कै हर्षित भएका छन् । कतिपय दाँत लगाउन टाढा जानुपर्ने भएकाले जान सकेका थिएनन् भने कतिपय उमेरकै कारण टाढा जान नसक्ने अबस्थामा रहेका थिए ।
सर्बसाधारणको आबश्यक्तालाइ हेरेर थप कार्यक्रम सञ्चालन गरिने उप–मेयर मञ्जु अधिकारीले जानकारी दिइन् । ‘पहिलो चरणमा गाँउपालिका केन्द्र जितपुरमा करिब पाँच सय जनालाई यो सेवा दिने तयारी गरेका छौ । पछि आबश्यक परेको खण्डमा अन्य स्थानमा समेत यो कार्यक्रम अघि बढाउँछौ’ उनले भनिन् ।