इटहरीः मनकामनामन्दिर भन्ने बित्तिकै धेरैलाई गोरखामा मात्रै छ भन्ने छ । धेरैलाइ अचम्म लाग्न सक्छ इटहरीमा पनि मनकामना मन्दिर छ । इटहरी ४ मामातामनकामना मन्दिर स्थापना भएकै २३ वर्ष भएको छ । २०५२ सालमा गोर्खाको मुख्य मनकामना मन्दिरबाट स्थानीय रामबाबु नेपाल लगायतले दियो र कलशको सङ्कल्प गरेर इटहरीमै मातामनकामना मन्दिर स्थापना गरे । मनकामना मन्दिरमा गरिएका बलिबाहेकका सबै भाकलहरू यही मन्दिरमा पुरा हुने धार्मिक आस्थावानहरु बताउँछन् ।
यसरी यत्तिका महत्त्वपूर्ण मन्दिर भएर पनि ओझेलमै छ इटहरीको मातामनकामना मन्दिर । तर, अब भने मन्दिर व्यवस्थापनले मन्दिरलाई चिनाउनलाई थपप्रचार र प्रबद्र्धनका कार्यक्रहरु ल्याएको छ ।जस अन्तर्गत ११ दिने शिव पुराणको आयोजना गरिएको छ । आज दिउँसो कलशयात्रा गरेर पुराणको प्रारम्भ गरिएको पुराण कार्यक्रमकी सञ्चार संयोजक विजया प्याकुरेलले बताइन । गङ्गाजमुना मुक्तिघाटबाट जललिएर राधाकृष्ण शिवमन्दिर हुँदै मातामनकामना सम्म पुगेर कलश यात्रा टुंगिएको थियो ।
प्याकुरेलका अनुसार भोलिबाट १९ गते सम्म पुराण सञ्चालन हुनेछ । हरेक बिहान ६ देखी७ बजे सम्म पूजा तथाआरती, ८ बजे देखी ११ बजे सम्म पाठपरायण र ११ बजे देखी ५ बजे सम्म कथावाचन हुनेछ । फागुन २० तिलाचन, पुर्णहुती, प्रसाद वितरण तथा समापन कार्यक्रमहुने प्याकुरेलले बताइन ।
सांस्कृतिक पुराण हुने, भड्किलो भजन र दानदबाब नहुने
मातामनकामना मन्दिरमा भोलिबाट सुरु सुने शिवपुरणमा शुद्ध सांस्कृतिक पुराण हुने र कुनै भड्किला भजनहरू नहुने मन्दिर व्यवस्थापनको भनाइ छ । पुराणमा दानदिने कुरामा कुनै रकम नतोकिएको र सबैको उत्तिकै मूल्याङ्कनहुने व्यवस्थापन समितिले केहीदिन अगाडि पत्रकार सम्मेलन गर्दै बताएको थियो । करिब ४ कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिरलाई थप व्यवस्थित र सुधारका कार्यक्रम गर्न पनि पुराण लाइएको व्यवस्थापन समितिको भनाइ छ । भारतको सम्पुर्णानन्द संस्कृत विश्वविद्यालबाट स्वर्ण पदकप्राप्त गरेका इटहरीका युवा पन्डीत सम्राट् गौतमले कथावाचन गर्ने पुराणपछि ओझेलमा परेको मन्दिरले चर्चाको उचाहि पाउने व्यवस्थापनले बताएको छ ।